इन्सद्धारा पत्रकारलाई ४० हजार बराबरको स्वास्थ सामग्री र खाद्यान्न प्रदान

वि.सं.२०७८ जेठ १९ बुधवार

काठमाडौँ । अन्तराष्ट्रिय नेपाली समाज(इन्स) ले पत्रकारहरुको लागि ४० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । इन्सले कोभिड–१९ को महामारीको घडिमा अग्रपंक्तिमा रहेर सूचना प्रवाह गरि समाजलाई निन्तर सुसूचित गराइरहेका पत्रकारहरुलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
इन्सले १५ बोरा चामल, ३० केजी दाल, १५ लिटर तेल, १५ प्याकेट नुन, १५ प्याकेट मास्क, १ प्याकेट पञ्जा र एकथान ठूलो स्यानिटाइजर पत्रकार महासंघ काठमाडौँ शाखालाई प्रदान गरेको हो ।
इन्सका अध्यक्ष चन्द्र कुमार फुयालले कोभिड जोखिमको समयमा निरन्तर आफ्नो कर्ममा लागिरहेका पत्रकारहरुको आत्मावल बढाउन सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरेका छन् ।
२०७८ जेठ १९ गते प्रकाशित

प्रकाशित समय : १०:१० बजे