शिखर इन्स्योरेन्सको राइट सेयर बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
वि.सं.२०७८ जेठ १८ मंगलवार
काठमाडौा । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।
कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउँने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गर्न लागेको हो ।
हकप्रद शेयर निष्काशन सम्बन्धी यस कम्पनीका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
२०७८ जेठ १८ गते प्रकाशित
प्रकाशित समय : १०:०४ बजे