back

चौधरी ग्रुपले सुरु गर्यो सस्तो मूल्यमा ‘सीजी नेट’ इन्टरनेट सेवा, १२० एमबीपीएसको ९९९ रुपैयाँ

काठमाडौं । उद्योगी तथा ब्यापारी विनोद चौधरीको सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।
इन्टरनेट उपभोक्तालई नेपाली बजारमा अन्य भन्दा आधा सस्तो मूल्य पर्ने गरी सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बिल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ ।

उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने कम्पनीले बताएको छ । सीजी कम्युनिकेसन्सले जम्मा ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इण्टरनेट सेवा उपलब्ध गराउन थालेको जनाएको छ ।

‘सीजी नेट’ दूरसञ्चार प्राधिकरणबाट देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) को अनुमति पाएको छ । कम्पनीले शुरुवाति चरणमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सेवा उपलब्ध गराउने जनाएको छ । हालका लागि भने ललितपुरको जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवा प्राप्त गर्न सक्ने छन् ।

एक वर्षभित्रै उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने कम्पनीले जनाएको छ । सीजी नेटको वार्षिक प्याकेज लिने उपभोक्ताले यसको जडान र राउटर निःशुल्क पाउने छन् । मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क दिइने कम्पनीले बताएको छ ।

सीजी नेट देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने जनाएको छ ।

हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ ।

सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको जनाइएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, तीनमहिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने कम्पनीले जनाएको छ ।

२०७८ जेठ १८ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...