राष्ट्र बैंकद्धारा हिमालयन–इन्भेष्टमेन्ट र नबिल–यूनाइटेडको मर्जरको लागि एलओआई प्रदान
वि.सं.२०७८ जेठ १८ मंगलवार
काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको छ ।
राष्ट्र बैंकको मंगलबार बसेको बोर्ड बैठकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो ।
एलओआई पाएपछि अब यी संस्थालाई मर्जर प्रक्रियामा अगाडी बढ्ने छन् । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता गरेको थियो । त्यस्तै, नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७ गते सम्झौता गरेको थियो ।
२०७८ जेठ १८ गते प्रकाशित
प्रकाशित समय : ०७:०६ बजे