back

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, बन्द रहेका खाद्य पसलहरु खुलाउन छलफल

काठामाडौँ । काठमाडौं उपत्याका निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएकोछ । तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एक सातादेखि बन्द खाद्य पसबन्द रहेका खाद्य पसलहरु खोल्ने बारे छलफलमा जुटेका हुन् ।

एक साता देखि बन्द रहेका खाद्य पसल खुलाउने प्रावधान सहित थप एक साता लकडाउन गर्नेबारे छलफल हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

पाँच वटा सेक्टरलाई शर्तसहित चल्न दिनेबारे छलफल भइरहेको छ । खाद्य–किराना पसल र खाद्यका मात्रै सामाग्री बेच्नेगरी ग्रोसरी र डिपार्टमेन्टल स्टोरहरुलाई बिहान एक समय खोल्न दिने निर्णय हुन्छ होला,प्रजिअ पराजुलीले भने । उनका अनुसार निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ ।

सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातीदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई निर्वाध चल्न दिनेबारे छलफल भइरहेको छ,उनले भने ।

अव निषेधाज्ञाको मोडालिटि परिवर्तन गदै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर लकडाउन थप खुकुलो बनाउने निर्णय हुने सा्रेतले जनाएको हो । १४ गतेबाट एक साता लकडाउन थप गदै खाद्य पसलहरु समेत नखोल्न, अनावश्यक हिडुल गर्न रोक लगाईको थियो ।

प्छिल्ल्लो केहि दिन यता सरकाराले कोरोना परिक्षणको दायरा घटाएसंगै कोरोना संक्रमित हुनेको संख्या घटेको छ । त्यसैगरी पछिल्ला दिनमा कोरोना संक्रमण निको हुनेको संख्या पनि उल्लेख्य रुपले बढ्न थालेको छ ।

२०७८ जेठ १८ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...