back

अशोक लेलैण्डका ९ थान दमकल प्रदेश नं. २ आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय लाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालय लाई हस्तान्तरण गरिएको बताएको छ ।

मन्त्रालय का पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए । कुसवाहाले चालू आ.ब.को बजेटमा यसका निम्ति बजेट उपलब्ध गराइएकाले खरिद गरिएको बताए ।
अशोक लेलैण्ड को १६१६ आई एल मोडलको च्यासिसमा बनाईएको दमकलमा जापानिज “शीबौरा कम्पनीको” पम्प प्रयोग गरिएको छ जस्ले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकल जस्तै काम गर्न सकिने जनाएको छ । यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ, जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुन बाट रोक्न सकिन्छ ।

कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको जानकारी दिएको छ । केही महिना अगाडि अशोक लेलैण्ड को दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्व को उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप–महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौं को चन्द्रागिरी नगरपालिका साथै नेपाल आयल निगम लिमिटेड लाई हस्तान्तरण गरिएको थापाले बताए । दमकलको कार्य क्षमता, यसमा रहेका अत्याधुनीक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ ।

२०७८ जेठ १७ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

देशमा ३ तहको सरकार छ हामीले मिलेर काम गरे फ्डको मार्न सक्छौं : मन्त्री यादव

वि.सं.२०८१ माघ २८ सोमवार १८:२८

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर...

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

कांग्रेस–एमाले सरकारले गरेका खराब कामहरु जनतामा लैजानुपर्छ : डा.शेखर कोइराला

वि.सं.२०८१ माघ २८ सोमवार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गलत कामलाई...

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

सरकारले ल्याएको अध्यादेश सफल नहुने : वर्षमान पुन

वि.सं.२०८१ माघ २८ सोमवार १७:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले...

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

छ खुट्टा भएको रोबोट कुकुरको अन्टार्कटिकामा परीक्षण

वि.सं.२०८१ माघ २८ सोमवार १५:१६

काठमाडौं । चीनले विकास गरेको छ खुट्टा भएको रोबोट कुकुरको...

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

वि.सं.२०८१ माघ २८ सोमवार १४:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...