back

“एन आइ सी एशिया क्यापिटलमा अनलाइन मार्फत पीएमएस सेवा लिन सकिने”

काठमाडौँ । एन आइ सी एशिया क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई अनलाईनको माध्यमबाट लगानी व्यावस्थापन सेवा (पीएमएस)को लागी आवेदन दिन सक्ने व्यबस्था मिलाएको छ ।
हाल महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको अवस्था र सोको रोकथाम, नियन्त्रण गर्नको लागि निषेधाज्ञा जारी गरिएको परिस्थितिमा लगानी व्यवस्थापन सेवा लगायतका भौतिक रुपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द भईरहेको अवस्थामा लगानीकर्ताहरुलाई शेयर बजारमा लगानी गरि प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलले अनलाइनबाटै आवेदन दिन सकिने व्यावस्था गरेको हो ।

आफ्नो स्थापनाकाल देखि नै लगानी व्यवस्थापन सेवा (पीएमएस) क्यापिटलको केन्द्रिय कार्यालय बबरमहल, काठमाण्डौबाट प्रदान गर्दै आईरहेको छ । लगानी व्यवस्थापन सेवाको माध्यमबाट शेयर बजार सम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा शेयर बजार सम्बन्धी ज्ञान भएता पनि समय अभावको कारणले गर्दा शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्ताहरुलाई मध्यनजर गरि क्यापिटलले लगानी व्यवस्थापन सेवा संचालन गरिरहेको छ । हाल उक्त सेवा मार्फत ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभ लिईरहेको क्यापिटलले जनाएको छ ।

अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एन आई सी एशिया क्यापिटलको वेभसाईट वा सोझै https://www.nicasiacapital.com/book-an-appointment यो लिंक मा क्लिक गरि थप जानकारीको लागी आफ्नो समय अनुकुल Virtual Meeting को लागि समय बुक गर्न सकिने छ ।

साथै उक्त लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै  https://portfolio.nicasiacapital.com/Global/Account/Login मा क्लिक गरि रितपूर्वक आवश्यक विवरण÷कागजातहरु अपलोड गर्नु पर्ने छ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने छ ।

२०७८ जेठ १७ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

वि.सं.२०८२ असार ३१ मंगलवार १७:०८

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको तेस्रो संस्करणको...

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...