आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार

वि.सं.२०७८ जेठ १७ सोमवार

काठमाडौँ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपियाँ कायम गरिएको छ ।
हिजोका लागि भने छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपियाँ कायम गरिएको थियो ।
जेठ १७ गते प्रकाशित

प्रकाशित समय : ०८:२३ बजे