गुराँस लाइफको १३ वर्ष पुरा, चुक्ता पुजि २ अर्बको नजिक

वि.सं.२०७८ जेठ १७ सोमवार

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १३ वर्ष पुरा गरेको छ । बीमा समितिले २०६४ चैत १८ गते आजीवन, सावधिक र म्यादी जीवन बीमा कारोबार गर्न इजाजत प्रदान गरेको भएपनि गुराँसले वि.स. २०६५ जेठ १७ गतेदेखि जीवन बीमा कारोबार शुरु गरेको थियो ।
१३ बर्षको अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ जम्मा रहेको छ । १३ बर्षको अवधिमा कम्पनीको जीवन बीमा कोष १० अर्ब ११ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले १३ बर्षको अवधिमा ३ पटक हकप्रद शेयर जारी गरिसकेको छ । हालसम्म ५ पटक बोनस शेयर तथा नगद लाभांस वितरण गरेको छ ।
जेठ १७ गते प्रकाशित

प्रकाशित समय : ०७:१० बजे