back

बजेट पुर्नविचार हुनुपर्छ, साना लगानीका संचारमाध्यमलाई बेवास्ता गरियोः एफएनजे काठमाडौँ शाखा

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा साना लगानीका संचारमाध्यमलाई सम्बोधन गर्न नसकेको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारलाई ध्यानाकर्षण गरेको छ । महासंघको काठमाडौँ शाखाले आज एक विज्ञप्ति जारी गर्दै बजेटमार्फत सरकारले नेपाली संचार क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्रयास गरेपनि यो प्रयास अझै अपूर्ण र विभेद्कारी छ रहेको भन्दै आपत्ति जनाएको हो ।

सरकारले सार्वजनिक गरेको वजेटमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका र ती कालखण्डमा नागरिकलाई सुसूचित र सचेत गराउँदै समाज परिवर्तनका पक्षमा शशक्त रुपमा लागि परेका साना लगानीका पत्रपत्रीका तथा स्वरोजगारमुलक संचारमाध्यमका लागि बजेटले कुनै सम्बोधन नै नगरेको महासंघको ठहर रहेको छ ।

विज्ञप्तिमा ‘लोकतन्त्र, शान्ति, स्थिरता र परिवर्तनका पक्षमा उभिएका र उभिदैं आएका यस्ता साना लगानीका स्वरोजगारमूलक संचारमाध्यमलाई बेवास्ता गरेर अघि बढ्न खोज्नु सरकारको गम्भीर कमजोरी हो । कोभिड–१९ को महामारीका कारण गम्भीर संकट खेपीरहेका यस्ता संचारमाध्यमको संरक्षणका लागि बजेटमार्फत कुनै पनि व्यवस्था नगर्नुले यी क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई थप निराश बनाएको छ । सरकारी तवरबाट योजनावद्ध रुपमा चालिएको यो कदम सच्याउन हामी सरकारसँग विशेष आग्रह गर्दछौं । सरकारसँग यस्ता साना लगानीका सञ्चारमाध्यमहरुको संरक्षण तथा प्रवद्र्घनका लागि ठोस योजना ल्याउन पनि हामी विनम्रतापूर्वक आग्रह गर्दछौं ।’ भनि उल्लेख गरिएको छ ।

यसैगरी लोककल्याणकारी विज्ञापन वापत उपलब्ध गराइने रकमको १० प्रतिशत रकम पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थाका विषयमा साना तथा स्वरोजगारमूलक संचार माध्यमका हकमा पुर्नविचार गर्न र प्रदेश सरकार र स्थानीय तहलाई पनि आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा साना लगानीका संचारमाध्यमको संरक्षण र प्रवद्र्घनका लागि विशेष राहत प्याकेज घोषणा गर्न समेत महासंघले आग्रह गरेको छ ।

२०७८ जेठ १६ गते प्रकाशित


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...