back

काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण बढेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द हुने भएका छन् ।
कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जानकारी गराएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि काबुल, गजनी, हेलमण्ड, कान्दाहर, लोगर, नानगर, परवान, मैदान वार्ड, पञ्जशीर, बल्ख, लघमान, बद्दाशान, कपिसा, कुंदलगायतका क्षेत्रमा सरकारी तथा निजी विद्यालयहरू, विश्वविद्यालयहरू र तालिम केन्द्रहरू बन्द गरिएको हो ।

मन्त्रालयका अनुसार गत वर्ष कोभिड–१९ को पहिलो लहर आउँदा एक दिनमा सबैभन्दा धेरै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९१५ रहेकोमा दोस्रो लहरबाट शुक्रबार ९७७ जना सङ्क्रमित भएपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको बताइएको छ । सरकारले २४ घण्टाको अन्तरालमा तीन हजार ८०० नमूनामा कोभिड–१९ परीक्षण गर्दा ९७७ जना सङ्क्रमित भेटिएको हो । उक्त अवधिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका १८ व्यक्तिको मृत्यु भएको र १५७ जना निको भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ७० हजार १०७ पुगेको छ भने दुई हजार ८९९ सङ्क्रमितको मृत्यु भएको छ । यहाँ कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्र्ख्या ५७ हजार ११९ रहेको बताइएको छ ।

२०७८ जेठ १५ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...