back

रोल्स रोयसको विश्वकै महँगो लक्जरी कार सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौँ । लक्जरी कार निर्माता चर्चित कम्पनी रोल्स रोयसले विश्वको सबैभन्दा महँगो कार सार्वजनीक गरेको छ । रोल्स रोयसले हालै विश्वकै सबैभन्दा महँगो ‘बोट टेल’ नामक लक्जरी कार सार्वजनीक गरेको हो । यो कारको मूल्य २० मिलियन पाउन्ड अर्थात ३२८ करोड नेपाली रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार यो कार ४ वर्षको अथक मेहनतपश्चात तयार पारिएको हो । रोल्स रोयस बोट टेल चारवटा सिट भएको लक्जरी कार हो र यो १९ फिट लामो रहेको छ।

यो पहिलो रोल्स रोयस कार हो, जसलाई लक्जरी कार निर्माताले कोचबिल्ड प्रोग्रामअन्तर्गत निर्माण गरेको छ।

स्वेप टेललाई रोल्स रोयसले सन् २०१७ मा लगभग १७२ करोड नेपाली रुपैयाँमा बेचेको थियो। यो कारको केवल एउटामात्रै मोडल लन्च भएको थियो। युरोपका एकजना धनाढ्यको आग्रहमा यो लक्जरी कारको निर्माण गरिएको थियो।

रिपोर्टका अनुसार बोट टेल कारको तीनवटा मोडल लन्च गरिनेछ। यो कारको पछाडिपट्टिको भाग एउटा लक्जरी स्पिडबोटसँग मिल्दोजुल्दो रहेको छ।

रोल्स रोयसका सीईओ टार्सटन मुलरले यो कारलाई कुनै पनि होलिडेका लागि वा पिकनिक मनाउनका लागि हरप्रकारका सुविधाहरुका साथ तयार गरिएको र योभन्दा राम्रो प्याकेज अन्य कुनै पनि कारमा प्राप्त नहुने दाबी गरे। यसका साथै यो कारमा एउटा १५–स्पिकरको साउन्ड सिस्टम पनि रहेको छ। यो सिस्टमलाई यस्तो प्रकारले मोडिफाई गरिएको छ कि जसबाट कारको प्लेटफर्म एउटा साउन्ड बक्सजस्तै प्रयोग हुन सक्छ।

यो कारका लागि स्विट्जरल्यान्डको प्रतिष्ठित घडी निर्माता कम्पनी ‘वोबी १८८२’ ले एउटा विशेष घडी तयार पारेको छ। यो कारमा त्यही इन्जिनको प्रयोग भएको छ, जुन यसअघिका रोल्स रोयस कलिनन, फ्यान्टम र ब्ल्याक ब्याजजस्ता लक्जरी कारमा प्रयोग भइसकेको छ। यसमा रहेको इन्जिन भी१२ ६.७५ बाइटर्बो इन्जिन ५६३ एचपीको पावर दिन सक्षम रहेको छ।

२०७८ जेठ १५ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...