back

कोभिड विरुद्ध लड्न सरकारले दियो थप ४१ अस्पताललाई १ अर्ब ४१ करोड

काठमाडौँ । कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।

जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई तीन तीन करोड रुपैयाँ रहेको छ ।

यस्तै बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई तीन तीन करोड रुपैयाँ छ ।

पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्बीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन तीन करोड रुपैयाँको सहमति दिइएको छ ।

सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुल्सीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको छ ।

आइसीयु भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिइएको छ ।

गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताललाई, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खत प्रदेश अस्‍पताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ ।

कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन तीन करोड रुपैयाँ सुनिश्चित गरिएको छ ।

अर्थ मन्त्रालयले मेची अस्पताल र धौलागिरी अस्पताललाई ६० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको छ ।

२०७८ जेठ १३ गते प्रकाशित

 


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...