back

भारतमा संक्रमण दर घट्दो, संक्रमित भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

काठमाडौँ । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।
तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् । साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

२०७८ जेठ १३ गते प्रकाशित


जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूमिसम्बन्धी विधेयक संसदमा पेस

भूमिसम्बन्धी विधेयक संसदमा पेस

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:४७

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

सरकारकारी निकायहरुबीच समन्वय नहुँदा उद्धार र व्यवस्थापन ढिलाई

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष...

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१६

काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आज...

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:१४

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत...

सञ्चालनमा आयो बीपी राजमार्ग

सञ्चालनमा आयो बीपी राजमार्ग

वि.सं.२०८२ वैशाख ३० मंगलवार १४:५१

रामेछाप । वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग खुलेको छ ।...