७० लाख खर्चेर अर्घाखाँची सिमेन्टले बनाइदियो स्वास्थ्य चौकी

वि.सं.२०७८ जेठ १३ बिहीवार

रुपन्देही । अर्घाखाँची सिमेन्टले ७० लाख खर्चेर सियारी गाँउपालिका.२ को मैनहियामा मैनहिया स्वास्थ्य चौकी भवन बनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालरले उद्घाटन गरेका हुन्। अर्घाखाँची सिमेन्टले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।
मैनहिया गाउँपालिकाका जनसमुदायलाई स्वास्थ्य चौकी जान आफ्नोघरबाट धेरै टाढा पुग्नु पर्ने भएकाले सोही गापामा स्वास्थ्य चौकि निर्माण गरेको अर्घाखाँची सिमेन्टका निर्देशक अग्रवालले बताए ।
जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत आफूहरुले उक्त भवन निर्माण गरेको अग्रवालले जानकारी गराए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अब भने स्थानीयलाई स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने बाध्यता हटेको भन्दै खुसि व्यक्त गरे । कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने उनको भनाइ छ ।
उक्त स्वास्थ्य चौकीमा ब्लड प्रेसर नाप गर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरुयुक्त बनेको छ । अर्घाखाँची सिमेन्टले स्थापनाकाल देखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको जनाएको छ ।
कम्पनिले मैनहियागाँउपालिकाकाविद्यालयलाई पठन पाठनका लागि साम्रगीवितरणका साथसाथैविगतमापनि स्थानीयनिकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ । गतवर्ष कम्पनीले लुम्बिनी प्रदेश सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषमा ५१ लाख, सियारी गाँउपालिकालाई २ लाख नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिकालाई २० लाखको राहत सामग्री वितरण गरेको जानकारी गराएको छ ।
२०७८ जेठ १३ गते प्रकाशित

प्रकाशित समय : ०६:११ बजे