back

महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १.५० प्रतिशतले बढ्यो । कम्पनीले यो त्रैमासमा ६ करोड ६८ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीले खुद बीमा शुल्क ९९.५१ प्रतिशत बढाउन सफल भएको छ । यो अवधिमा कम्पनीले ७८ करोड ४२ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३९ करोड ३१ लाख २ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको बीमालेखको संख्या १६२.८४ प्रतिशतले बढेर २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले बीमा लेखको संख्या ८ हजार ८७२ वटा जीवन बीमा पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोष १२९.०१ प्रतिशतले बढेर १६ करोड ८ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ७ करोड २ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा १७१.५८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ४९ करोड १९ लाख ५२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको दिर्घकालिन कर्जा लगानी २२.८० प्रतिशतले बढेर २ अर्ब ८ करोड ९१ लाख ५६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले दिर्घकालिन कर्जा लगानी १ अर्ब ७० करोड १३ लाख ३५ हजार रुपैयाँ लगानी गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७९७.७२ प्रतिशतले बढेर २ करोड ८२ लाख ५७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधमा कम्पनीले खुद दाबी भुक्तानी १४ लाख ८९ हजार रुपैयाँ गरेको थियो ।

२०७८ जेठ ११ गते प्रकाशित


आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मी पूजा: ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:५९

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य,...

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर  मनाइँदै

आज कुकुर तिहार, मीठा मीठा खानेकुरा दिएर मनाइँदै

वि.सं.२०८१ कात्तिक १५ बिहीवार ११:२२

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा...

प्रधानमन्त्री ओलीले भने – १०० दिन सकियो, अब बाँकी अवधिको कामको योजना आजैबाट सुरू हुन्छ

प्रधानमन्त्री ओलीले भने – १०० दिन सकियो, अब बाँकी अवधिको कामको योजना आजैबाट सुरू हुन्छ

वि.सं.२०८१ कात्तिक ७ बुधवार १६:४९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी अवधिको कामक योजना...

सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमै छन् : प्रधानमन्त्री ओली

सहकारी ठगहरु कानुनको दायरामा ल्याइँदैछ, ५७५ जना जेलमै छन् : प्रधानमन्त्री ओली

वि.सं.२०८१ कात्तिक ७ बुधवार १५:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत रकम ठगी...

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:१६

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो...

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १२:२८

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको...