back

पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द

काठमाडौँ । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ ।

सङ्घीय सरकारमातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारले पनि केही दिनअघि सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ ९ गते अस्पताललाई पूर्णरूपमा कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न भनेकाले अस्पतालमा सञ्चालनमा रहेको कोभिड–१९ ओपिडीबाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए।

अस्पताल प्रशासनले यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गरेको छ । पश्चिमाञ्चल अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागि ४२ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, सातवटा भेन्टिलेटर र १६ वटा एचडीयू शय्या रहेकामा अधिकांश प्रयोगमा आएका छन् ।

सो अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।

२०७८ जेठ ११ गते प्रकाशित


आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२८

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप...