back

सीसीएमसी प्रमुखमा पूर्व रथी शर्मा नियुक्त

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुखमा पूर्व रथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ ढिलागरि बसेको मन्त्रीपरिषदको बैठकले शर्मालाई बिशेषअधिकार सहित सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो।

सरकारले शर्मालाई सेना परिचालन तथा आपतकाल लगाउने सम्मको बिशेष अधिकार सहित सीसीएमसीको प्रमुखमा नियुक्त गरेको छ । नेपाली सेनाका पूर्व रथी शर्मालाई सचिवसरहको सेवा सुविधा सरकारले उपलब्ध समेत गराउने छ ।

शुक्रबार राजपत्रमा प्रकाशित भएको कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ अनुसार शर्मा सिसिएमसीमा नियुक्त भएका हुन् । यसअघि सिसिएमसीको प्रमुख प्रधानमन्त्री कार्यालयको सचिव थिए। यसलाई नेपालमा आपतकाल घोषणा गरेर त्यसको लागि आवश्यकताअनुसार सेना परिचालन गर्न सक्ने बिशेष अधिकारि समेत दिईएको हुन्छ।

नयां अध्यादेशअनुसार सिसिएमसीको सदस्यहरुमा नेपाल सरकारको १२ औं तहको अधिकृत, नेपाली सेनाको उपरथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका १÷१ एआईजी, गृह मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिव सदस्य हुनेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड–१९ निर्देशक समिति समेत रहेको छ। सयको प्रमुख यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए। निर्देशक समितीमा त्यसमा उपप्रधानमन्त्रीसहित, स्वास्थ्य, गृह, अर्थ, उद्योग, परराष्ट्रमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र सिसिएमसीको प्रमुख सदस्य सचिव हुने व्यवस्था गरिएको छ ।

२०७८ जेठ ११ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...