देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गर्दै विपक्षी नेता सर्वाेच्च
वि.सं.२०७८ जेठ १० सोमवार
काठमाडौं । संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणाको माग गर्दै विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालत जान लागेका छन् । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध गर्दै आएका विपक्षी दलहरु सर्वाेच्च जान लागेको हुन् ।
रिटमा कात्तिक २६ र मंसीर ३ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ । त्यस्तो रिट संवैधानिक इजलासमै दर्ता भएर सुनुवाइ हुनुपर्ने माग समेत रहेको छ ।
रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको गैरसंवैधानिक काम भन्दै अदालतले परमादेशमार्फत देउवालाई सपथग्रहणका लागि बाटो खुलाइदिन समेत माग गरिएको छ।
२०७८ जेठ १० गते प्रकाशित
प्रकाशित समय : ०८:२८ बजे