back

राष्ट्रपतिलाई महाअभियो लगाउने विषयमा अन्य दलहरूसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि अरू दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षा गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न सबै विकल्पबारे छलफल गर्ने निर्णय गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आज अपरान्ह ५ बजेसम्म समय दिएकी छिन् । जुन समय कम भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।

संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकालेको सहमहामन्त्री प्रकाशशशरण महतले बताए।

‘संविधानको मर्म र भावना कुल्चने काम प्रधानमन्त्रीले गर्दै आएको र राष्ट्रपतिले त्यो प्रवृत्तिलाई सघाएको हाम्रो निश्कर्ष छ,’ उनले भने, ‘संविधान र लोकतन्त्र रक्षाका लागि हामी सबै विकल्पबारे दलहरूसँग आजै छलफल गरी निश्कर्षमा पुग्छौं।’

२०७८ जेठ ७ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...