back

अष्ट्रेलियाले कोभिड बिरुद्द लड्न नेपाललाई  दियो ६३ करोड सहयोग

काठमाडौँ । अष्ट्रेलियाले नेपाललाई कोभिड–१९ महामारी बिरुद्द लड्न थप सत्तरी लाख अष्ट्रेलियाली डलर (करिब नेरु ६३ करोड ५० लाख) सहयोग प्रदान गर्ने जनाएको छ । यो रकम दक्षिण एसियाको उत्थानशीलता सबलिकरण गर्न बंगलादेश, श्रीलंका र नेपाललाई अष्ट्रेलिया सरकारले प्रदान गर्ने १ करोड ७५ लाख अष्ट्रेलियाली डलर मध्येको एक अंश हो।

‘अष्ट्रेलियाको सहयोगले नेपालको कोभिड–१९ महामारी बिरुद्द लड्ने क्षमतामा थप टेवा पुग्ने छ र यो प्रादेशीक अस्पतालहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरु र स्वास्थ्यकर्मीहरु लाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्रीहरु खरिद गर्न उपयोग गरिनेछ।’ विज्ञप्तिमा छ ।

यो रकम नेपालका बिभिन्न क्षेत्रहरुमा समुदाय स्तरमा हाल सकृय बिश्वसनिय साझेदार संस्थाहरुलाई अमेरीकी, जापानी र बेलायती लगायतका दातृ निकायहरु र संयुक्त राष्ट्र संघिय निकायहरुले गरिरहेका कामहरु संगको समन्वयमा प्रदान गरिने विज्ञिप्तिमा उल्लेख छ।

सहयोगको घोषणा गर्दै अष्ट्रेलियाली राजदुत फेलिसीटी वोल्कले अष्ट्रेलिया नेपालमा अति प्रभावित समुदायमा सहयोग पुर्याउने काम गरिरहेको छ बताए ।
“अष्ट्रेलिया र नेपालको लामो समयदेखि मित्रता रहेको र बिपद्का समयमा एक आपसमा सहयोग गर्ने ईतिहास रहेको छ । कोभिड(१९ ले नेपाल र यस क्षेत्रमा पारेको विनाशकारी प्रभावबाट अष्ट्रेलिया चिन्तित भएको छ । यो सहयोगका माध्यमबाट हामी नेपाल सरकारको स्वास्थ्य आवश्यकाताहरु पुरा गर्न सहकार्य गर्ने, र क्षेत्रिय अस्पतालहरु र जोखीमपूर्ण समुदायहरुलाई सहयोग गर्न कृयाशील रहनेछौं”। “अष्ट्रेलियाली सरकार र जनताले नेपालीहरुलाई आफ्नो मन र मष्तिष्कमा सम्झिरहेका छन्” ।

२०७८ जेठ ७ गते प्रकाशित


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

वि.सं.२०८२ वैशाख १० बुधवार १६:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी...