back

प्रहरीको गोली लागी युवकको मृत्यु भएको भनिएको घटनाको आयोगद्वारा अनुगमन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल–भारत सीमा नाका नजिकै स्थानीय अविनाश राय प्रहरीको गोली लागेर मरेको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन सुरु गरेको छ । प्रतापपुर गाउँपालिका, ६ कठहवामा शसस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय राय घाइते भएको र उनलाई थप उपचारको लागि बुटवल लैजाने क्रममा मृत्यु भएको भन्दै विभिन्न सञ्चार माध्यममा प्रकाशन÷प्रशारण भएका समाचारहरुप्रति आयोगले ध्यानाकर्षण गर्दै अनुगमन सुरु गरेको हो ।
आयोगका प्रवक्ता पोखरेलले लुम्बिनी प्रदेश कार्यालयले उक्त घटना सम्बन्धमा अनुगमन शुरु गरेको जनाएका छन् । उनले सीमा नाका बन्द रहेको अवस्थामा सीमा पार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा निजको मृत्यु भएको जानकारी आयोगलाई प्राप्त भएको जानकारी गराए ।

घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र श्री सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई आयोगले पत्राचार समेत गरिसकेको उनले बताए ।

२०७८ जेठ ६ गते प्रकाशित


ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १७:४४

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि कमला ह्यारिसले ट्रम्पलाई दिइन् बधाई, अरु के भनिन् ?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १३:१३

काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफूले...

विश्वमै चर्चित राष्ट्रपती डोनल्ड ट्रम्प : अब विश्वव्यापी ४ वटा मुद्दाहरु के होलान् ?

विश्वमै चर्चित राष्ट्रपती डोनल्ड ट्रम्प : अब विश्वव्यापी ४ वटा मुद्दाहरु के होलान् ?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:२८

काठमाडौं । अन्ततः संयुक्त राज्य अमेरिकामा फेरि डोनाल्ड ट्रम्प आएका...

डोनल्ड ट्रम्पले चुनाव त जिते तर उनीमाथि लागेका मुद्दा अव के हुन्छन्?

डोनल्ड ट्रम्पले चुनाव त जिते तर उनीमाथि लागेका मुद्दा अव के हुन्छन्?

वि.सं.२०८१ कात्तिक २२ बिहीवार ११:०५

काठमाडौं । रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित...

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:०६

काठमाडौं । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प...