back

नेपाल क्लियरिङ्ग हाउसले लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) ले लगानीकर्तालाई ४० प्रतिशत लाभांश दिने भएको छ । एनसीएचएलले हिजो नवौँ वार्षिक साधारण सभामा लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने जानकारी गराएको छ । कोभिड १९ महामारीको बेला पनि कम्पनीले गत आर्थिक वर्षमा राम्रो मुनाफा कमाएको हो ।

वितरण गर्ने भनिएको घोषित लाभांशमध्ये ३८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि आवश्यक थप २ प्रतिशत नगद लाभांश रहेको छ ।

एनसीएचएलको आर्थिक वर्ष २०७६–७७ को आफ्नो नवौं वार्षिक साधारण सभा जेठ ५ गते बुधबार जुममार्फत सम्पन्न गरेको हो । सभाले कम्पनीको चुक्तापूँजी २९.८ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी ४१.१ करोड पुर्याउने निर्णय गरेको छ ।

कम्पनीले पूँजी वृद्धिमार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन गर्ने योजना पनि बनाएको छ ।

आ.व. २०७६–७७ मा कम्पनीको भुक्तानी कारोबारहरुमाउल्लेख्य रुपमा वृद्धि भएता पनि कम्पनीको खुद नाफा भने २२.२ ले घटेको दाबी गरिएको छ । त्यसैगरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा–रिटर्न अन क्यापिटल एम्प्लोइड) प्राप्त गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ ।

यसरी नै बैठकले कम्पनीको सञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्ने तीन नयाँ सञ्चालकहरुको निर्विरोध चयन पनि गरेको छ ।

हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरुको कार्यकाल समाप्त भएसँगै ती पदमा हिमालयन बैंक लिमीटेडका जेनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंक लिमीटेडका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंक लिमीटेडका आइ.टि. प्रमुख सृजन मल्ल निर्वाीचत भएका छन् ।

नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एकजना, वाणिज्य बैंकका तर्फबाट तीनजना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एकजना गरी हाल ६ जना रहेका छन् ।
हाल ६३ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ५८ गैर–बैंकिङ संस्थाहरु सदस्यहरुको रुपमा आबद्ध छन्।

२०७८ जेठ ६ गते प्रकाशित


चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:४१

काठमाडौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर...

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१०

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...