back

कोरोनाले लगातार तीन दिनमा लियो एकै घरका तीन भाईको ज्यान

काठामाडौँ । नेपालगन्जमा तीन दिनको अन्तरालमा तीन भाईको ज्यान गएको छ । जिल्लाको उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई कोरोनाले ज्यान लिएको हो । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको बेला ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाएका छन् ।

उनीहरु स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये क्रमशः काइलो, राइलो र कान्छो छोरा हुन् ।

उपचारकै क्रममा २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा एजाजले ज्यान गुमाए। २४ वैशाखमा इम्तियाजले पनि संसार छोडे। ३ भाइको निधनको शोकमा ५५ वर्षीया दिदी नूर अपसाको पनि घटनाको केही दिनमै मृत्यु छ ।

उनीहरुलाई अन्य कुनै रोग नभएको र हट्टा कट्टा नै भएको पारीबारिक स्रोतले जनाएको छ । जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ।

२०७८ जेठ ६ गते प्रकाशित


तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १८:४९

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय...

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

तीनकुने घटना हिंसात्मक होइन, प्रसाईं र मिश्रलाई तत्काल रिहा गरियोस : लिङदेन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५...

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

सडकमा उठिरहेका आवाजहरुलाई दुई तिहाइको सरकारले देखेन : वर्षमान पुन

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:११

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले तीन सातादेखि...

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:१०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा...

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

सरकार परिवर्तनको हल्लाले चकित बनायो : परराष्ट्रमन्त्री राणा

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:०५

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने...

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिच वार्ताको तयारी

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिच वार्ताको तयारी

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १५:०२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा...