back

नेपाल चेम्वर अफ कमर्सद्धारा सरकारी अस्पतालहरुलाइ स्वास्थ सामाग्री उपलब्ध गराउने कार्यको निरन्तरता

काठमाडौँ । आज नेपाल चेम्वर अफ कमर्शको तर्फबाट चेम्वरका अध्यक्ष श्री राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाइ स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्रीहरु ग्रहण गर्नु हुंदै चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै चेम्वरलाइ धन्यबाद ज्ञापन गरेका थिए ।

साथसाथै चेम्वरका अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री ग्रहण गरेका थिए ।

त्यसै गरी चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीलाइ हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट,सर्जिकल मास्क,सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल रहेका छन । अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी हुंदै गरेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।

२०७८ जेठ ६ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...