back
skip this gaugauma singhadarbar

२८०० को विन्दु पार गरेर फर्कियो नेप्से, कारोबार रकममा भने उत्साह कायमै

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुमा हरियाली छाएपनि कारोबारको अन्त्यमा आउँदा भने १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो ।

मंगलबार २७९३.८१ अंकमा बन्द भएको नेप्से प्रिओपन सेसनमा नै करिब साढे २२ अंकले बढेर २७१६.२६ अंकमा खुलेको थियो । दिनभरजसो उतार–चढाव देखिएको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २८२२.२३ अंकको ऐतिहासिक उचाइ बनाएर नेप्से फर्किएको हो । नेप्सेले २८०० अंकको विन्दु पार गरेको पहिलोपटक हो ।

इतिहास रचेर फर्किएको नेप्सेले कारोबार रकममा पनि नयाँ इतिहास रचेको हो । यो दिन करिब १२ अर्बको कारोबार भएको छ । आज २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजारको कारोबार भएको हो ।

नेप्सेमा आज बजारलाई लिड गर्ने बैंकिङसँगै व्यापार, होटेल तथा पर्यटन र म्युचुअल फन्ड उपसूचकमा वृद्धि हुँदा त्यसबाहेक सबै उपसूचक घटेको छ । बैंकिङ उपसूचक ०.४ प्रतिशतले बढे पनि हाइड्रोपावर उपसूचक २.११ प्रतिशत, विकास बैंक उपसूचक, १.६७ प्रतिशत, लगानी उपसूचक १.७६ प्रतिशत निर्जीवन बिमा उपसूचक १.१ प्रतिशत, उत्पादन उपसूचक १.११ र अन्य उपसूचक १.२२ प्रतिशतले गिरावट भएको छ । जसले गर्दा नेप्से पनि करेक्सन भएको हो ।

यता, होटेल तथा पर्यटन उपसूचक ०.४१, व्यापार उपसूचक ०.८६ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.०८ अंकले घटेर ४९६.१४ अंकमा बन्द भएको छ ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा आज बजारमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख १८ हजारको कारोबार भएको छ । यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड ३४ लाख ७३ हजार र नेसनल हाइड्रोपावरको ३० करोड ६० लाख ४० हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि आज ५ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा समता घरेलु लघुवित्त, रुरु जलविद्युत् कम्पनी, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् ।

यता, ङ्यादी ग्रुप पावरको सेयर मूल्य ६.८८ प्रतिशतले घट्दा युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य ५.७ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका ११७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ५९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:३७

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...