अनुमति पाएको बिक्रि खुला नगर्दै अर्काे ऋणपत्रका लागि अनुमति माग्न पुग्यो कृषि विकास बैंक

वि.सं.२०७८ जेठ ४ मंगलवार

काठमाडौं । कृषि विकास बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कृषि विकास बैंक लिमिटेडले ‘४ प्रतिशत एग्रिकल्चर बोण्ड’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति मागेको हो । बैंकले बोर्डमा १३ गते निवेदन दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये १६ लाख इकाई सर्वसाधारण र बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गर्ने जनाएकोछ । ऋणपत्रले वार्षिक ४ प्रतिशत ब्याजदरमा ८–९ वर्ष अवधिको कृषि डिबेन्चर नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल रहेको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
यता, बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न केहि समय अघि नै अनुमति पाईसकेको छ । यद्यपी अझै बिक्रि खुला भने गरेको छैन । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये २४ लाख इकाई सर्वसाधारण र बाँकी ३६ लाख इकाई संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४ नाममा ऋणपत्र जारी गर्न अनुमति पाएको हो । यो ऋणपत्रको बिक्री प्रबन्धकमा पनि एनआइबीएल एस क्यपिटल नै रहेको छ ।
०७८ जेठ ४ गते प्रकाशित

प्रकाशित समय : ०२:४१ बजे