सरकारले गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न दियो १ करोड
वि.सं.२०७८ जेठ ३ सोमवार
काठमाडौं । सरकारले गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपैयाँ दिएको छ । अर्थ मन्त्रालयले आज एक करोड रुपैयाँ दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी गराएका हुन्।
उनले अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गर्ने क्रम जारी रहेको समेत बताए । यसबाहेक गुल्मीका रुरु, ऋङ्गा र जोहाङग (खैरेनी) प्राथमिक स्वास्थय केन्द्रका लागि समेत आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको छ ।
ज्ञवाली गुल्मीको क्षेत्र नं १ का जनप्रतिनिधिसमेत हुन् । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा आफ्नो तर्फबाट १० लाख रुपैयाँको जोहो गर्ने प्रतिवद्धता अर्का सांसद गोकर्ण विष्टले गरिसकेका छन् । विष्ट गुल्मी क्षेत्र नं २ का जनप्रतिनिधि हुन् । साथै अन्य आपतकालिन सेवाहरु उपलब्ध गराउन समेत विष्ट लागि परेका छन् ।
२०७८ वैशाख ३ गते प्रकाशित
प्रकाशित समय : १२:५७ बजे