नेशनल लाइफको सीईओमा सुरेश खत्री नियुक्त

वि.सं.२०७८ जेठ ३ सोमवार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री नियुक्त भएका छन । खत्रीलाई सीईओ नियुक्ती गर्न कम्पनी संचालक समितिले गत बैशाख १९ गते बीमा समितिमा स्वीकृतीको लागी पठाएको थियो ।
नियमनकारी निकाय बीमा समितिले खत्रीलाई सीईओ नियुक्तीको लागी स्वीकृत प्रदान गरेको बीमा समिति स्रोते बताएको छ । खत्रीलाई सीईओ नियुक्ती गर्न चिठ्ठी बनिसकेको छ । आजभोली नै कम्पनीमा पठाइने बीमा समितिले जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश खत्रीलाई नियुक्त गर्न गत बैसाख १९ गते सिफारिस गरेको थियो । इन्स्योरेन्सको संचालक समिति बैंठकले खत्रीलाई सीईओ नियुक्ती गर्न बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो ।
यसअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाटै बीमा करियर सुरु गरेका हुन् ।

प्रकाशित समय : ११:५० बजे