back
skip this gaugauma singhadarbar

‘जहिले पनि नेपालको लागि र जहापनी नेपालीको लागि’ भन्दै फुयालको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन

काठमाडौँ । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासको काम गर्ने उद्देश्यका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजले नेपालमा नयाँ नेतृत्व चयन गरेको छ ।

लामो समय देखि देश बिदेशका विभिन्न संघसंथाहरु र पत्रकारिता मार्फत देश र समाजको सेवा गर्दै आएका चन्द्र कुमार फुयालको अध्यक्षतामा हिजो शनिबार नेपालको राष्ट्रिय कार्यसमिति गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा. के पी घिमिरे र डा. राधेश्याम ठाकुर चयन भएका छन् भने उपाध्यक्षहरुकै संयोजकत्वमा पछि विभिन्न विभागीय समिति गठन गर्ने गरि आर बी भण्डारी, दामोदर नेपाल, जे पी सापकोटा, पबित्र थापा मगर, आचल कुमार शर्मा , बिष्णु सुबेदी, निर्मलहरि आचार्य , नारायणकाजी घिमिरे र मोहन सिंह साउद उपाध्यक्षहरुमा चयन भएका छन् ।

त्यसैगरी महासचिवमा एस पी उप्रेती र सह महासचिवमा उद्धव भट्टराइ, सचिवहरुमा अरुण राज पाण्डे, सुदीप घिमिरे, दीप सुदीपू, निर्मला खड्का , रुश्मा राई, स्मृति बुढाथोकी र तिलक कार्की चयन भएका छन् ।

समितिको कोषाध्यक्षमा, इन्दिरा गौतम, सह-कोषाध्यक्षमा भद्रा राउत र अनामिका बस्नेत, चयन भएका छन् भने सदस्यहरुमा सुजता पोखरेल, शिलु शर्मा, निर्मल श्रेष्ठ, तिर्थ नारायण श्रेष्ठ, दिपक बस्नेत, खेम आचार्य, साम्भवि शिवाकोटी, सन्तोष खत्री, अभिनेश्वोर कार्की , मनिता बस्नेत, वालमुकुन्द मैनाली, मनोज बाबु बस्नेत, सुजन बाबु बस्नेत, रुपा राई, मनिता बस्नेत , चन्द्रकला खत्री , भिम बहादुर कार्की , बिशाल गिरि , दीपा दिपारी , दिपक खत्री , सम्झना बस्नेत , पारु बिश्वकर्मा, पुष्प यादव , थमान सिंह तामांग र कृष्ण सुनुवार चयन भएका छन् ।

अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षतामा अनलाइन मार्फत भएको उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा काठमाडौं विश्वविद्यालयका पूर्व डीन प्राडा टंक नाथ शर्मा थिए भने बिशिष्ट अथितिहरुमा प्राडा बिष्णु कार्की , प्रा.डा. मोतिलाल घिमिरे , प्रा.डा. पुष्प दमाइ , प्रा.डा. श्याम शर्मा , डा. तारामणि राइ , गोबर्दन पुजा , प्रा.डा. राजन प्रसाद पोख्रेल, प्रा.डा. श्रीराम प्रसाद उपाध्याय, प्रा.डा. लक्ष्मण प्रसाद ज्ञवाली, सह -प्रा.डा. धन प्रसाद सुवेदी, सह- प्रा.डा. प्रकाश चन्द्र भट्टराई, डा. रेणुका सोलु , डा. जानुका पौडेल नेपाल लगाएतको उपस्थिति रहेको थियो।

नवगठित नेपालको राष्ट्रिय कार्यसमितिलाई प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।

तेस्तै नवगठित कार्यसमितिको तर्फबाट केन्द्रिय प्रबक्ता तथा नवगठित अध्यक्ष चन्द्र कुमार फुयाललगायत वरिष्ठ उपाध्यक्ष के पी घिमिरे, उपाध्यक्ष दामोदर नेपाल महासचिव एस पी उप्रेती, कोषाध्यक्ष, इन्दिरा गौतम लगाएतले प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले भने, ‘देशविदेशमा रहेका नेपालीहरू सङ्गठित भएर एक आपसमा सहयोग गर्दै नेपालका विभिन्न क्षेत्रको अध्ययन अनुसन्धान गरी नेपाली भाषा, साहित्य, कला, संस्कृति, भेषभुषा, रितिरीवाज, रहनसहनको संरक्षण, संवर्द्धन तथा नेपाली स्रोत, साधन, सम्पदा, पर्यटन तथा कृषिजन्य उत्पादनको प्रवर्द्धनका साथै नेपालीले देश विदेशमा सिकेको ज्ञान, सीप, क्षमता र दक्षतालाई देशको सर्वोपरी हित तथा वर्तमान स्थितिमा कोरोना–१९को माहामरी नियन्त्रण, जोखिममा रहेका मानिसको उद्धार र उपचार साथै तनाव न्यूनीकरणमा उपयोग गर्न अन्तर्राष्ट्रिय नेपाली समाज सधै कटिबद्ध छ र निरन्तर अघाडी बढिरहेको छ ।’

‘जहिले पनि नेपालको लागि र जहापानी नेपालीको लागि भन्ने हाम्रो प्रमुख नारा चरितार्थ पार्नलाई समय सान्दर्भिक परिणाममुखी कार्यक्रमहरुको योजना बनाउदै र तिनीहरुको कार्यनयन गर्दै द्रुत गतिमा अघाडी बढिरहेका छौं र आजको नवगठित समिति तेसैको एक परिणाम हो’, केन्द्रिय माहासचिब अर्जुन श्रीले थपे। नव मनोनीत अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रबक्ता चन्द्र कुमार फुयालले नेपालको कार्यसमिति तुरुन्तै अग्रपंक्तिमा खटिइ महामारीको चपेटामा परेका नेपालीलाई मलम लगाएपछि मात्र अरु गतिविधिमा सलग्न हुने जानकारी गराए ।

२०७८ जेठ २ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

अब १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक १ घण्टा मात्र टिकटक चलाउन पाउने

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १४:०६

काठमाडौं । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र...

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

दुर्गा प्रसाईं समूहका २७ बुँदे माग: घर बहाल कर ५ प्रतिशतमा झारिनु पर्ने देखि ऋण मिनाहासम्म (यस्ता छन् २७ माग)

वि.सं.२०८२ कात्तिक २६ बुधवार १३:५६

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र...

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

जेनजी आन्दोलनपछि होटल हायात रिजेन्सी बन्द, सबै कर्मचारी बर्खास्त

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:५२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...