back

नेपाल चेम्बरद्वारा ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेट लगायत अत्यावश्यक सामग्रीहरू वितरण गरेको हो ।
चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्रीहरू वितरण गरेको हो ।
चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपक कुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरिएको चेम्बरले जनाएको छ ।
वीर अस्पतालका तर्फबाट प्रा. डा. रमिला श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालका प्रा. डा. पवनराज चालिसेले उक्त सामाग्रिहरु बुझेका हुन् । यस्तै चेम्बरले छत्रपाटी निःशुल्क चिकित्सालयबाट डा. मनोज श्रेष्ठ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंह, कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागाईँलाई सामग्रीहरू हस्तान्तरण गरेको छ ।

परोपकार मातृ तथा बाल अस्पतालका डा. आशालक्ष्मी प्रजापतिले उक्त सामाग्रीहरु बझेकी छिन् । अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथासिघ्र सिलिन्डर तथा अक्सिजन कन्सेन्टेटर आयात गरी एक साताभित्र अस्पतालहरूमा वितरण गरिने नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मलहोत्रा र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू नवराज ढकाल र सन्तोष पाण्डेको उपस्थिति थियो ।

२०७८ जेठ २ गते प्रकाशित


आउनुहोस् , नेपालमा अवसरै अवसर छन् मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल

आउनुहोस् , नेपालमा अवसरै अवसर छन् मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल

वि.सं.२०८१ असार २ आइतवार २२:५३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

वि.सं.२०८१ असार २ आइतवार २२:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

वि.सं.२०८१ असार २ आइतवार १०:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको...

घट्यो पेट्रोलियम पदार्थको मूल्य,प्रतिलिटर कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य,प्रतिलिटर कति ?

वि.सं.२०८१ असार २ आइतवार १०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

उद्योगमन्त्री भण्डारीका सय दिन : एक सय एक कार्यप्रगति सार्वजनिक

उद्योगमन्त्री भण्डारीका सय दिन : एक सय एक कार्यप्रगति सार्वजनिक

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:३७

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो कार्यकाल...

ऊर्जा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड

ऊर्जा सुरक्षा, सुलभता एवं दिगोपनाको लागि जलविद्युत् र सौर्य ऊर्जाको एकीकृत विकासमा जोड

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:३३

काठमाडौँ ।जलवायु परिवर्तनका कारण नदीको बहावमा घटबढ भई सुक्खा मौसममा...