back

पाकिस्तानको सिन्धमा गोली चल्दा ९ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् ।
प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो ।
घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरुले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरुलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ । स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
स्थानीयबासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताउनु भएको छ ।

२०७८ जेठ २ गते प्रकाशित


माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

वि.सं.२०८१ असार ६ बिहीवार ०९:०३

काठमाडौं । अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा...

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

वि.सं.२०८१ असार ६ बिहीवार ०८:५५

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

वि.सं.२०८१ असार २ आइतवार १०:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको...

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

वि.सं.२०८१ जेठ २४ बिहीवार १२:४८

क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३०...

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

वि.सं.२०८१ जेठ २१ सोमवार १२:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष तथा...

बजेटअघि सत्तापक्ष र विपक्षीको विवाद टुंगियो : बन्यो सरकार र विपक्षी दलबीच छानबिन समिति

बजेटअघि सत्तापक्ष र विपक्षीको विवाद टुंगियो : बन्यो सरकार र विपक्षी दलबीच छानबिन समिति

वि.सं.२०८१ जेठ १५ मंगलवार १४:३०

काठमाडौं । बजेट सार्वजनिक हुन करिब एक घण्टा मात्रै बाँकी...