back

एनआईसी एसिया बैंकद्धारा सीआईटीको साढे ३ लाख कित्ता सेयर लिलामीमा बिक्रि खुल्ला

काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको साढे ३ लाख कित्ताभन्दा बढी संस्थापक सेयर आज बाट लिलाममा बिक्रि खुल्ला गरेको छ ।
बैंकले सीआईटीको ३ लाख ५० हजार ३६९ कित्ता सेयर लिलामीमा राखेको हो। उक्त सेयरमा प्रचलित कानुनबमोजिम योग्य जोसुकै लगानीकर्ताहरुले आवेदन दिन सकिनेछ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३६६ रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि जेठ २७ गतेसम्म आवेदन दिन पाउनेछन्।

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय वा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ।

उक्त सेयरको बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटल लिमिटेडले गर्नेछ ।

२०७८ जेठ २ गते प्रकाशित


सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैन : गभर्नर अधिकारी

सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैन : गभर्नर अधिकारी

वि.सं.२०८१ असार ९ आइतवार १३:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार...

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

वि.सं.२०८१ असार ९ आइतवार १२:१६

काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरूले बैंक...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १८:२८

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

अर्थ मन्त्रालयबाट आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थ मन्त्रालयबाट आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

वि.सं.२०८१ असार ७ शुक्रवार १५:२०

काठमाडौँ ।  अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन, उठायो ४ खर्ब ४८ अर्ब

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन, उठायो ४ खर्ब ४८ अर्ब

वि.सं.२०८१ असार ७ शुक्रवार ०९:२९

काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छः अर्थमन्त्री पुन

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ असार ६ बिहीवार १९:३०

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न प्रेरित...