back

काठमाडौं–तराई द्रुतमार्गको दुई प्याकेजको ठेक्का चाइना स्टेट र पोली च्याङुदालाई

काठमाडौँ । काठमाडौं–तराई–मधेश द्रुतमार्गका दुवै प्याकेजको सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सुरुङको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको हो ।

नेपाली सेनाले पहिलो प्याकेज करीब २१ अर्ब ६१ करोड र दोस्रो २८ अर्ब ५३ करोड बराबरको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक नियमावली २०६४ को परिधिभित्र रही जारी गरिएको आशयपत्रमा सात दिनसम्म कसैको उजूरी नपरे तथा १५ दिनभित्र सम्झौता गर्नुपर्ने प्रावधानानुसार बैँक ग्यारेन्टीसहित दुवै कम्पनी आएपछि ऐन र नियमावलीअनुरुप सम्झौता सम्पन्न भएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशक पौडेलले पूर्णरुपमा पारदर्शी ढंगले सार्वजनिक खरीद ऐनको दफा र प्रावधानमा टेकेर सम्झौता प्रक्रिया सम्पन्न गरिएको जानकारी दिए । सम्झौताबमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी ९ क्लष्टरका ठेक्का अघि बढ्ने जानकारी दिइएको छ ।

हालसम्मको समग्र प्रगति ११ दशमलव ११ रहेको उक्त आयोजनाको चालू आर्थिक वर्षको अन्त्यसम्म १६.२१ पुर्याउने लक्ष्य रहेको पौडेलले जनाए । चार लेनको ७२.५ किमी लम्बाइको दु्रतमार्गमा पहाडमा २५ र तराईमा २७ मिटर चौडाइ रहनेछ, जसमा ८७ पुल रहनेछन् ।


विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

वि.सं.२०८१ असार ३ सोमवार २०:४९

काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले...

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

वि.सं.२०८१ असार ३ सोमवार ११:४१

काठमाडौँ । विश्व बैंकले  डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको...

मधेस प्रदेशलाई ४३ अर्ब ८९ करोड २१ लाख विनियोजन

मधेस प्रदेशलाई ४३ अर्ब ८९ करोड २१ लाख विनियोजन

वि.सं.२०८१ असार २ आइतवार १०:४१

धनुषा। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि...

लुम्बिनी प्रदेशलाई करिब ३८ अर्ब ९६ करोड विनियोजन

लुम्बिनी प्रदेशलाई करिब ३८ अर्ब ९६ करोड विनियोजन

वि.सं.२०८१ असार २ आइतवार १०:३७

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का...

बागमती प्रदेशलाई ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

बागमती प्रदेशलाई ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

वि.सं.२०८१ असार २ आइतवार १०:३३

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१८२ का...

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

वि.सं.२०८१ असार २ आइतवार १०:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको...