back

प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत रहने प्रक्षेपण

काठमाडौँ । चालू आर्थिक वर्षमा मुलुकका सात प्रदेशहरूको औसत आर्थिक वृद्धिदर ३.७६ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक वृद्धिदरको प्रक्षेपण अनुसार उक्त वृद्धिदर कायम हुने देखिएको हो ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी रहने देखिएको छ । यस प्रदेशको अर्थतन्त्रको वृद्धिदर ४.७ प्रतिशत रहने प्रक्षेपण गरिएको हो, जस अनुसार उसको अर्थतन्त्रको आकार १६ खर्ब ८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

त्यस्तै विभागका अनुसार प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेर अर्थतन्त्रको आकार ६ खर्ब ६३ अर्ब पुग्नेछ । प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर क्रमशः ३.६ र ३.४ प्रतिशत रहने प्रक्षेपण विभागको छ । यससँगै यी दुई प्रदेशको अर्थतन्त्र क्रमशः १ खर्ब ७२ अर्ब र २ खर्ब ९४ अर्ब पुग्ने अनुमान गरिएको छ । त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ३.६ र ३.९ प्रतिशतले बढेर ३ खर्ब ७२ अर्ब र ५ खर्ब ९६ अर्ब पुग्ने अनुमान विभागको छ ।

२०७८ जेठ २ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...