back
skip this gaugauma singhadarbar

टेलिकमका ग्राहकलाई खुसिको खबर, फोन नलाग्ने र कुरा नबुझिने समस्या अब नआउँने

काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि मोबाइल सेवाको गुणस्तर बढाउने भएको छ । टेलिकमले ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भीओएलटीई) भनिने स्तरीय सेवा परीक्षणका रुपमा सुरुमा सञ्चालनमा ल्याउन थालेको हो । कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि हाल उपलब्ध गराइरहेको फोरजी÷एलटीई नेटवर्कमा आधारित सेवा परीक्षण गर्न लागेको हो ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) को स्थापना दिवसका अवसरमा सोमबारबाट भ्वाइस सेवाको स्तरोन्नती गर्न लागिएको टेलिकमले जनाएको हो । प्रयोगकर्ताका लागि परीक्षण सुरु गर्नुअघि टेलिकमले भीओएलटीई अर्थात् फोर जि चल्ने मोबाइल फोन सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ । परिक्षणका क्रममा देशभरका फोरजी प्रयोगकर्ताले भ्वाइसमा पनि गुणस्तरीय सेवा पाउने छन् । यो परीक्षण भीओएलटीईको व्यावसायिक सुरुवातका लागि महत्त्वपूर्ण हुने छ ।
टेलिकमले हाल उपलब्ध गराइरहेको फोरजी नेटवर्कमा इन्टरनेटको गुणस्तरमात्रै स्तरोन्नती भएको छ । फोरजी सेवा लिइरहेका ग्राहकले पनि फोन गर्दा भने स्वतः थ्रीजी नेटवर्कमा परिणत हुनेगर्छ । यसले गर्दा फोरजी सेवा सुरु भइसक्दा पनि भ्वाइसमा ग्राहकले कुनै भिन्नता पाउन सकेका थिएनन् ।
अब भने परीक्षणकै क्रममा कम्पनीका ग्राहकले फोरजी नेटवर्क नै प्रयोग गरेर भ्वाइस कल गर्न सक्ने सुविधा दिन लागेको हो । भीओएलटीईमा व्यक्ति–व्यक्ति भेटेरै कुराकानी गरेजस्तो उच्च गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने टेलिकमका अधिकारीहरु बताउँछन् । सेवाको गुणस्तर बढाइएपछि कल सम्पर्क पनि तुरुन्त स्थापित हुने दाबी गरिएको छ । अहिले टेलिकमको प्रणालीमा फोन सम्पर्क स्थापित गर्न कठीन भएको गुनासो अत्यधिक छ ।

आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने विशेषता भीओएलटीईमा हुन्छ । टुजीको तुलनामा भीओएलटीईमा आवाजको गुणस्तर ६ गुणा र थ्रीजीको तुलनामा ३ गुणा राम्रो हुने बताइन्छ । यसअघि फोन नै नलाग्ने जङ्गल क्षेत्रमा पनि अब सजिलै फोन गर्न सकिने र उच्च गुणस्तरको डेटा प्रयोग गर्न सकिने सुविधा आफ्ना ग्राहकलाई दिन लागेको टेलिकमका अधिकारीले बताएका छन् । मोबाइल नेटवर्क आउने र जाने समस्याको अन्त्य हुने भएकाले ब्याट्रि पनि टिकाउ हुने छ ।

टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ । केही भारतीय मोबाइल सेटमा ८०० मेगाहर्ज ब्यान्ड नचल्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन् । त्यसैले कम्पनीले फोरजी अथवा भीओएलटीई सेवा लिन आठ सय र १८ सय दुवै ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल भएको निश्चित गरेर मात्र खरिद गर्न ग्राहकलाई आग्रह गरेको गोरखापत्रले समाचार छापेको छ ।

२०७८ जेठ २ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...