back

नेपाललाई आफ्नै पक्षका केन्द्रीय सदस्यको प्रश्नः बादलसहितको बैठकमा किन बसेको ?

काठमाडौं । शुक्रवार संस्थापन पक्ष र माधव नेपाल पक्षबीच सिंहदरवारमा भएको वार्तामा पूर्व माओवादीतर्फका नेता रामवहादुर थापा बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुले यसको विरोध गरेका छन् । नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको हो ।

केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास गरिरहेका बेला आफूहरुले स्वीकार गरिनसकेका बादल एमाले नेताको हैसियतमा वार्तामा बस्दा नेताहरुले किन स्वीकार गरेको ? बैठकमा उठेको थियो ।

शुक्रवारदेखि शुरु भएको माधव पक्षका केन्द्रीय सदस्यहरुको बैठक शनिवार पनि जारी रहेको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बादलसहितको वार्तामा बसेपछि जेठ २ को बटमलाइन कमजोर भएको बताएका छन् ।

माधव नेपालसहितका नेताहरुले भने बादल वार्तामा बस्ने आफूहरुलाई पूर्व जानकारी नभएको र वार्तामा देखेपछि एमालेमा स्वागत छ भनेको जानकारी दिएका छन् । उनीहरुले जेठ २ को बटमलाइनबाट पछि नहटेको सदस्यहरुलाई बताएका छन् ।

अधिकांश सदस्यले संस्थापन पक्षको इमान्दारितामाथि प्रश्न उठाउँदै सहमति कार्यन्वयन नहुने आशंका व्यक्त गरेका छन् । उनीहरुले उधारोमा सहमति गर्नुको अर्थ नहुने र कार्यदलको कुरा झुक्याउने खेलमात्र हुनसक्न आशंका गरेका छन् ।

राष्ट्रियसभाको उपनिर्वाचन र संसद विघटनको विन्दूसम्म अल्मल्याएर केपी ओलीले आफ्ना माग सम्बोधन नगर्ने चिन्ता उनीहरुबाट व्यक्त भएको छ । मूल नेतृत्व भने सहमति हुन्छ भन्नेमा विश्वस्त देखिएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बताएका छन् ।


रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

रवि लामिछानेको संसद पद निलम्बन फुकुवा गर्न आग्रह

वि.सं.२०८१ माघ २४ बिहीवार १७:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले...

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा गिरावट

वि.सं.२०८१ माघ २४ बिहीवार १७:४३

हेटौँडा । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

वि.सं.२०८१ माघ २४ बिहीवार १७:३०

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली...

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

सुरक्षित कोष नहुँदा स्वास्थ्य बीमा व्यवस्थित हुन सकेन : मन्त्री पौडेल

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुरक्षित कोष...

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातिय विभेद र छुवाछुतको विरुद्धमा...

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौं : प्रचण्ड

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३४

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका...