माधव पक्षका शीर्ष नेताबीच बैठक जुममार्फत जारी
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरु जुममार्फत छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराउने र आगामी दिशा तय गर्न छलफल गरिएको हो ।
२०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने बताइएको छ ।
नेपालले दिउँसो २ बजे ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन भर्चुअल बैठक समेत डाकिएको छ ।
२०७८ बैशाख ३१ गते प्रकाशित
प्रकाशित समय : ०६:४७ बजे