back

अक्सिजन उद्योगलाई दैनिक ७४७३ सिलिण्डर अक्सिजन उपलब्ध गराउन सीसीएमसीको आग्रह

काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजन उद्योगहरुलाई दैनिक ७ हजार ४७३ वटा ठूलो सिलिण्डर अक्सिजन आपूर्ति गर्न आग्रह गरेको छ । काठमाडौं उपत्यका र काभ्रेका कोभिड अस्पताल एवं आइसोलेसन केन्द्रका लागि बुधबारबाट लागु हुनेगरी दैनिक अक्सिजनको कोटा निर्धारण गर्दै सीसीएमसीले उपत्यकाका ८ वटा अक्सिजन उद्योगलाई १११ अस्पताल तथा आइसोलेसन सेन्टरका लागि ७४७३ अक्सिजन सिलिन्डर उपलब्ध गराउन आग्रह गरेको हो ।

यदि कोटाअनुसार उपलब्ध गराउन नसकेको खण्डमा केन्द्रलाई पूर्व जानकारी गराउन समेत भनेको छ । सीसीएमसीले तोकेको कोटाअनुसार अस्पताल तथा आइसोलेसन सेन्टरलाई न्यूनतम १० देखि बढीमा ३०० वटा सिलिण्डर दैनिक रुपमा उपलब्ध गराउनु पर्ने बाध्यता अक्सिजन उद्योगलाई छ ।

यी पाँच अस्पतालको लागि प्रतिदिन ३०० सिलिण्डर

अस्पतालहरुको मागका आधारमा सीसीएमसीले पाँच वटा अस्पताललाई दैनिक ३०० वटा ठूलो सिलिण्डर अक्सिजन उपलब्ध गराउन आग्रह गरेको छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सगरमाथा अक्सिन प्रालि पाटनले कोटाको अक्सिजन उपलब्ध गराउनुपर्नेछ ।

हाम्रो अक्सिजन प्रालि ककनीले शसस्त्र प्रहरी अस्पताल बलम्बुलाई दैनिक ३०० वटा सिलिण्डर आपूर्तिको गर्नेछ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयलाई नवज्योति अक्सिजन प्रालि बनेपाले कोटोको अक्सिजन आपूर्ति गर्नुपर्नेछ । यस्तै ललितपुरको निजी अस्पताल मेडिसिटीलाई सोपान अक्सिजन लुभुले दैनिक ३०० सिलिण्डर अक्सिजन आपूर्ति गर्ने कोटा तोकिएको छ।

यी ९ अस्पताललाई २०० देखि २५० सिलिण्डर अक्सिजन
नेपाल ग्रिन सिटी अस्पताल धापासी, नेपाल मेडिकल कलेज अस्पताल अत्तरखेल र काठमाडौं मेडिकल कलेज सिनामंगललाई सो परिमाणमा अक्सिजन उपलब्ध गराइनेछ । यस्तै वीर अस्पताल, ट्रमा सेन्टर, ह्याम्स, नेपाल प्रहरी अस्पताल, नर्भिक अस्पताल र स्टार अस्पताललाई दैनिक २०० वटा ठूलो सिलिण्डर अक्सिजन उपलब्ध गराउन सीसीएमसीले उद्योगहरुलाई भनिएको छ ।

उत्पादन क्षमताअनुसार अस्पतालको कोटा

सीसीएमसीले अक्सिजन उद्योगको उत्पादन क्षमता र उद्योगको अवस्थितिको आधारमा अस्पतालहरुको संख्या र अक्सिजन कोटा निर्धारण गरेको जनाएको छ । हाम्रो अक्सिजन उद्योग ककनीलाई सात वटा अस्पतालाई अक्सिजन उपलब्ध गराउन भनिएको छ भने हिमाल अक्सिजनले १२ वटा अस्पताललाई अक्सिजन उपलब्ध गराउनेछ ।

कान्तिपुर अक्सिजन हरिसिद्धिलाई १९ वटा अस्पतालमा अक्सिजन आपूर्तिका लागि कोटा तोकिएको छ भने ११ वटा अस्पताललाई नवज्योति अक्सिजन उद्योग बनेपाले अक्सिजन आपूर्ति गर्नुपर्नेछ । ११ अस्पताललाई अक्सिजन उपलब्ध गराउन सगरमाथा अक्सिजनलाई कोटा तोकिएको छ भने २२ अस्पताललाई शंकर अक्सिजन उद्योग बालाजुले अक्सिजन सप्लाई गर्नुपर्नेछ। यस्तै चाल्नाखेलमा रहेको सीता अक्सिजन प्रडक्टले १९ अस्पताल र सोपन अक्सिजन उद्योगले ९ वटा अस्पताललाई अक्सिजन आपूर्ति गर्नुपर्नेछ ।
यस्तो छ सीसीएमसीले जारी गरेको कोटा विवरणः

 

२०७८ वैशाख ३१ गते प्रकाशित


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...