back

एमयूमा २७ पदाधिकारी नियुक्त

काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहका अनुसार खुला प्रतिष्पर्धाबाट चार÷चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरिएको हो । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयका पूर्वडीन प्रा डा विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

“छनोट समितिले आवेदकले प्रस्तुत गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहितको आधारमा नाम सिफारिश गरेको हो”, उपकुलपति सिंहले भने, “समितिको सिफारिशलाई कार्यकारी परिषद्को बैठकले अनुमोदन गर्यो ।” नियुक्त गर्ने अधिकार उपकुलपतिलाई भए पनि आफूले सक्षम व्यक्तिलाई अवसर दिन खुला र पारदर्शी नियुक्ति प्रक्रिया अघि बढाएको उनले बताए । परिषद्को बैठक यही वैशाख १८ गते बसेको थियो ।

विश्वविद्यालयले व्यवस्थापन सङ्काय डीनमा प्रा डा दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीनमा सहप्राध्यापक डा लीलाधर तिवारी, विज्ञान तथा प्रविधि सङ्काय डीनमा डा सुदीप ठकुरी र कृषि तथा वन विज्ञान सङ्काय डीनमा डा विमलकुमार कर्णलाई नियुक्त गरेको छ ।

त्यस्तै योजना विकास अनुगमन निर्देशनालय निर्देशकमा प्रा डा चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालय निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालय निर्देशकमा प्रा डा विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा डा सुधन झा नियुक्त भएका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका नौ आङ्गिक क्याम्पसमा पनि प्रमुख नियुक्त गरिएको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खिमबहादुर खड्का, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना र विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही नियुक्त भएका छन् ।

यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका हुन्।

नवनियुक्त पदाधिकारीलाई आगामी जेठ १ गतेदेखि काममा खटाउने विश्वविद्यालय प्रशासनको तयारी छ । विश्वविद्यालयले यसअघि खुला प्रतिष्पर्धाबाट रजिष्ट्रार नियुक्त गरेको थियो ।


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...