back

शिखर इन्स्योरेन्सको नाफा १०.२६% र बीमा शुल्कमा १४.०३% प्रतिशतको उकालोमा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०.२६ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३६ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ३२ करोड ९५ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यसरी नै यस अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.०३ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ५७ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले खुद बीमा शुल्क २ अर्ब ६० करोड ९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ६६.३२ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा कोष १९.३३ प्रतिशतले ऋणात्मक रहेर ६१ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७६ करोड ५६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष १७.१८ प्रतिशतले बढेर १ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षको यस अवधिमा ४१ रुपैयाँ ५५ पैसा रहेको थियो भने यस बर्ष १४ रुपैयाँले घटेर २७ रुपैयाँ ५५ पैसामा सिमित भएको छ । त्यस्तै, कम्पनीको नेटवर्थ पनि गत बर्षको यस अवधिमा २८१ रुपैयाँ ३४ पैसा रहेकोमा यस बर्ष ७० रुपैयाँ ४० पैसा घटेर २१० रुपैयाँ ९४ पैसामा सिमित भएको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १.९१ प्रतिशतले घटेर ६४ करोड २ लाख ४० हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ६५ करोड २६ लाख ९९ हजार रुपैयाँ गरेको थियो ।

यस अवधिमा कम्पनीको पोलिसी संख्या १० प्रतिशतले घटेर २१ करोड १९ लाख ९६ हजार बिक्री गरेको छ । गत वर्षको यहि अवधिमा २३ लाख ५५ लाख ६३ हजार पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको कर्जा लगानी २८.४९ प्रतिशतले बढेर १३ करोड ३५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कर्जा लगानीबाट १० करोड ३९ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...