back

नेप्सेमा २७ अंकको सुधार, कारोबार रकम ६ अर्बको नजिक

काठमाडौं । अघिल्लो दिनबाट बढ्न सुरु गरेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक २७०० अंक नजिक पुगेको छ । नेप्से २७.४७ अंकले बढेको छ । १.०४ प्रतिशतले बढेर नेप्से २६७३.३१ बिन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २ सय १८ कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसरी नै यता व्यापार समूहको उपसूचक ५.७९ प्रतिशतले बढेको छ । त्यसपछि म्यानुफ्याक्चरिङ र अन्य समूहमा सबैभन्दा बढी दरमा वृद्धि भएको छ । अन्य समूहका उपसूचक २.५३ प्रतिशतले बढेको छ म्यानुफ्याक्चरिङ समूहको परिसूचक २.४२ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको परिसूचक १ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

बोटलर्स नेपालको सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ प्रति कित्ता कायम भएको छ । रु रु जलविद्युत् कम्पनीको सेयर भाउ ९ दशमलव ९७ प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्स र समता लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

विशाल बजार कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको छ । ५४४ रुपैयाँले घटेर विशाल बजार कम्पनीको सेयर मूल्य ४ हजार ८९७ रुपैयाँ कायम भएको छ ।


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा घट्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४२

काठमाडौं । हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा...