back

सुरु भयो खप्तड जोड्ने सडकमा कालोपत्रेको काम

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ ।

अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम शुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरी बताए । उनले भने, “सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम शुरु भएको छ, बाँकी काम पनि चाँडै शुरु हुनेछ ।”

सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए । खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न रु ४० करोड ठेक्का सम्झौता भएको छ । उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताए। उनले भने, “खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ ।”

विगतमा उक्त सडक वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौँदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि यहाँका पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, “सडक सञ्जाल नभएकै कारण सुन्दर सुदूरपश्चिमको मुटु मानिएको खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुने भएपछि पर्यटक भित्र्याउन सहज हुने र यहाँका नागरिकको आयस्तर वृद्धि हुने देखिन्छ ।”

कोरोना जोखिमले देश आक्रान्त बनेको बेला उक्त सडकमा काम गर्ने कामदारको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तथा कोरोना जोखिमबाट बच्न अपनाउनुपर्ने सबै विधि अपनाएर काम शुरु भइरहेको सडक निर्माण तथा कालोपत्रको जिम्मा पाएको सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले जनाएको छ ।


सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

वि.सं.२०८१ असार २ आइतवार १०:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको...

विद्युत् प्राधिकरणद्वारा १ अर्ब ४० करोड बराबरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा

विद्युत् प्राधिकरणद्वारा १ अर्ब ४० करोड बराबरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा

वि.सं.२०८१ जेठ ३१ बिहीवार १३:००

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा...

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक पर्ने

पाँच वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक पर्ने

वि.सं.२०८१ जेठ २७ आइतवार १२:१४

काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१/८२-२०८५/८६)ले आगामी...

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:१७

काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत...

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

एनभिडियाले एप्पललाई उछिन्यो, बन्यो विश्वको दोस्रो बहुमूल्य कम्पनी

वि.सं.२०८१ जेठ २४ बिहीवार १२:४८

क्यालिफोर्निया । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको बजार पुँजीकरण ३०...

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

केपी ओलीलाई मेयर बालेनले भने- १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड नगर्नुहोला !

वि.सं.२०८१ जेठ २१ सोमवार १२:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष तथा...