back

जनरल इन्स्योरेन्सको नाफामा उछाल, यस्ता छन् सबै लोभलाग्दा सूचकहरु

२७ वैशाख,काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १०७.४८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ३ करोड ६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यता, खुद बीमा शुल्क भने १६.१० प्रतिशतले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँमा खुम्चिएको छ । कम्पनीले यस्तो रकम गत वर्षको सोही अवधिमा १९ करोड ५० लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष १००.९९ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष ११५.३९ प्रतिशतले बढेर ८ करोड ८४ लाख ५६ हजार रुपैयाँ रहेको छ गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको दावी भुक्तानी ८२.२० प्रतिशतले बढेर १९ करोड ९५ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९५ लाख १२ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ०२ पैसा रहेको छ ।


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...