back

आइएमई जनरल इन्स्योरेन्सको अधिकांश सूचकमा उछाल, यस्ता छन् अन्य सूचक

२७ वैशाख, काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स कम्पनीकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बिमा शूलक ४२.८९ प्रतिशतले बढाएको छ । चैत मसान्त सम्म आउँदा कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३६ करोड २७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूाजी ६ प्रतिशतले बढेर १ अर्ब ८ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीको जगेडा काषमा ३७।९५ प्रतिशतले बढेर ३० करोड २६ लाख ८७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा २१ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्ते यस अवधिमा कम्पनीको बीमा कोष ४८.७३ प्रतिशतले बढेर ४५ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको खुद नाफा ७५.६३ प्रतिशतले बढेर १८ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्ते, यस अवधिमा कम्पनीको दाबी भुक्तानी २८.७९ प्रतिशतले बढेर १९ करोड ८३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा दाबी भुक्तानी १५ करोड ४० लाख रुपैयाँ गरेको थियो ।

यस अवधिमा प्रतिशेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ८७ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४५.०९ गुणा रहेको छ ।


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...