back

रु रु जलविद्युतको सूचकमा सामान्य सुधार, नाफा १२.८१ प्रतिशत बढ्यो

२७ वैशाख, काठमाडौं । रु रु जलविद्युत् परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ दशमलव ८१ प्रतिशतले नाफा बढाएको छ । यो अवधिमा कम्पनीले ६ करोड १३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको ५ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीले विद्युत् विक्री आम्दानी २.७४ प्रतिशतले बढाउन सफल भएको छ । गत आर्थिक वर्षमा विद्युत आम्दानी ११ करोड ७० लाख ९२ हजार आर्जन गरेकोमा चालु आर्थिक वर्षको समिक्षा आवधिमा कम्पनीले १२ करोड २ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको हो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १२.५० प्रतिशतले बढेर ३६ करोड ६९ लाख ३४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष १५०.६१ प्रतिशतले बढेर १२ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ७० लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६१ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८५ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

बोर्डका आयोजनाहरु सार्वजानिक, निजी र साझेदारी मार्फत सञ्चालन हुने निर्णय : ज्ञवाली

वि.सं.२०८२ जेठ १ बिहीवार ११:१२

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डका...

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

सुनको मूल्यमा गिरावट, कतिमा झर्यो मूल्य ?

वि.सं.२०८२ जेठ १ बिहीवार ११:०८

काठमाडौं । आज जेठ १ गते, बिहीबार, नेपाली बजारमा सुनको...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...