back

कोभिड महामारीमा जोखिम व्यवस्थापनका लागी ‘सँगसँगै’ अभियान

२६ वैशाख, कञ्चनपुर–कोरोना भाईरस अर्थात कोभिड–१९ महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन ।

‘पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका हौँ,’ उनले भनिन् । ‘जिल्लास्तरका अस्पतालमा मात्र भर पर्नु भन्दा पालिकास्तरकै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था, मेडिकल सामग्री, स्वस्थ्यकर्मी, एम्बुलेन्स सेवाहरुको व्यवस्थापनका निमित्त यो अभियान सुरु गरेका हौँ ।’

अक्सिजनको जोहो गर्ने, स्वास्थ्य सामग्री उपलब्ध गराउने, प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकता परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने, कोभिड सङ्क्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने लगाएत उदेश्य राखी यो अभियान सञ्चानल गरीएको संयोजक श्रेष्ठले बताईन ।
‘सहयोगि दाता, संघसंस्थाहरूले पनि सहयोग गर्दा पालिका भित्रका स्वास्थ्य केन्द्रहरुलाई सहयोग गर्नु पर्यो,‘ उनले भनिन् । ‘यसो गर्दा ग्रामीण भेगका संक्रमितहरु जिल्ला सम्म पुग्नु पर्दैन, अस्पतालमा ठाउँ नपाएर भौतारिनु पर्दैन, अस्पतालले हामिले थेग्न सकेनौ भन्नु पर्दैन ।’ यसका लागी स्थानिय सरकार, स्वास्थ्य निकाय, सरोकारवाला निकायहरुलाई पनि यसतर्फ लाग्न उनले आग्रह गरिन् । पहिलो चरणमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट सुरु गरिएको अभियान पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका सम्म लैजाने योजना रहेको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिईन ।


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...