back

एमाले छोडेको १० वर्षपछि एमालेकै भोटले विजयी भए अशोक राई

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष अशोक राईले पार्टी परित्याग गरेको दशकौं पछि सोही पार्टीको मतले निर्वाचन जितेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद अध्यक्ष रहेका राई सुनसरीको निर्वाचन क्षेत्र नं. १ बाट विजयी भएका हुन् ।

एमालेको संघीयतालाई हेर्ने दृष्टिकोणको विरोध गर्दै उनले २०६९ सालको असोज १८ गते पार्टी परित्याग गरेका थिए । एकल जातीय पहिचान सहितको प्रदेशको पक्षमा पैरवी गर्दै आएका उनीसहित राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेम्जोङ, अजम्बर काङवाङ, बीरबहादुर लामा, रिजवान अन्सारी र गोपाल ठाकुरसहितका नेताहरुले उक्त दिन एमाले परित्याग गरेका थिए ।

राईले पछि आफ्नो नेतृत्वमा संघीय समाजवादी पार्टी गठन गरेर २०७० सालको संविधानसभा निर्वाचनमा भाग लिएका थिए । त्यतिबेला उनको पार्टीले ५ सिट ल्याएको थियो । उनी नेतृत्वको पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालका बीच एकिकरण भई संघीय समाजवादी फोरम गठन भएको थियो ।

विभिन्न पार्टीहरुसँग एकता गर्दै र फुट्दै आउँदा अहिले जनता समाजवादी पार्टी बनेको छ भने राई सोही पार्टीको संघीय परिषद् अध्यक्ष रहेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनमा रहेको यो पार्टी निर्वाचनको मनोनयन गर्ने अन्तिम समयमा भने एमालेसँग गठबन्धन गर्न पुगेको थियो ।

राई यसपटक एमालेकै मतबाट विजयी भएका छन् । उनले १७ हजार ५९ मत ल्याएर जिते भने उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६ हजार ६०६ मत ल्याएर पराजित बन्न पुगिन् ।

 

khanepani

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने, आयोगले अरू के गर्दैछ ?

वि.सं.२०७९ माघ १२ बिहीवार १०:५७

काठमाडौं। माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एअरलाइन्सको विमानको...

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

चीनले गर्‍यो अन्तरिक्ष स्टेशनमा फोटो प्रदर्शनी

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३४

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनमा अन्तरिक्षसँग...

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

प्रदेश १ मा बाबुराम गौतम शाभामुख बन्ने निस्चित

वि.सं.२०७९ पुस २५ सोमवार ०९:४५

काठमाडौं । ओखल्ढुङ्गा २ बाट प्रदेशसभामा निर्बाचित साङ्सद बाबुराम गौतम...

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै लिन सकिने

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै लिन सकिने

वि.सं.२०७९ पुस १७ आइतवार २२:३२

काठमाडौं। हराएका ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब...

आरआर क्याम्पसमा खुकुरी हानाहान, ३ जना गम्भीर घाइते

आरआर क्याम्पसमा खुकुरी हानाहान, ३ जना गम्भीर घाइते

वि.सं.२०७९ पुस १३ बुधवार ११:०७

काठमाडौं । काठमाडौंको पदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पसमा खुकुरी...

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

प्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ

वि.सं.२०७९ पुस ११ सोमवार १७:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित...