back

चितवन-२ मा रवि लामिछाने ३४ हजारभन्दा बढी मतान्तरसहित विजयी: भन्छन् “आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ”

म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्।

चितवन। नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । लामिछाने ३४ हजार २ सय ८१ मतान्तर कायम गर्दै विजयी भएका छन् ।

एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको छ । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन-२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

चितवन-२ मा कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएकाे मतदानमा ८४ हजार ३१५ मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

लामिछानेले भनेका छन् चितवन २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले जनतालाई जिताउने जाँच दिन गइरहेकाे बताएका छन् । जित हासिल गरेपछि बिहीबार आफ्नो सामाजिक संजालमा उनले आजबाट जाँच दिन गइरहेकाे र साे काे नतिजा ५ वर्ष पछि मात्र आउने लेखेका हुन् ।

 

यसकासाथै उनले आज बाटै काम थाल्ने भएका छन् । रविले गर्न लागेकाे धन्यवाद सभामा भ्रस्टाचारीका सुचना, उनले गर्नु पर्ने काम, रविलाई खबरदारी लेखेर खसाउन पनि उनले जनतालाई अनुराेध गरेका छन् ।

रविले बिहीबार सामाजिक संजालमा यस्ताे लेखे, “राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनतालाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा “धन्यवाद सभा” गर्दैछु।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका ” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्रायस् सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।”

म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु ।”

election

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल : राउत सरकारमा जान सकारात्मक

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल : राउत सरकारमा जान सकारात्मक

वि.सं.२०७९ मंसिर १५ बिहीवार १९:००

काठमाडौं। प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच...

अब बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

अब बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

वि.सं.२०७९ मंसिर १५ बिहीवार १८:१९

काठमाडौं । बागमती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स)...

समानुपातिकमा एमालेले २७ लाख कटाउदा कांग्रेसले २६ लाख कटायो: एकिकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन अझै गार्हो ,अरु दलले कति ल्याए ?

समानुपातिकमा एमालेले २७ लाख कटाउदा कांग्रेसले २६ लाख कटायो: एकिकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन अझै गार्हो ,अरु दलले कति ल्याए ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १०:४६

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचन अन्तर्गत...

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कुन दलले / कहाँ कसले जिते? (नाम लिस्टसहित)

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कुन दलले / कहाँ कसले जिते? (नाम लिस्टसहित)

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:२४

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम...

ओलीलाई बालेन शाहाको काउन्टर जवाफ ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे, सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’

ओलीलाई बालेन शाहाको काउन्टर जवाफ ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे, सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’

वि.सं.२०७९ मंसिर १४ बुधवार १०:४१

काठमाडौं । सुकुम्बासीबारे नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको प्रतिक्रियाबारे...

समानुपातिकको पछिल्लो मत परिणाम सार्वजनिक, एमाले बन्यो ठुलो दल ,दोस्रोमा कांग्रेस: एकिकृत समाजवादीले थ्रेसहोल्ड कटाउन हम्मेहम्मे

समानुपातिकको पछिल्लो मत परिणाम सार्वजनिक, एमाले बन्यो ठुलो दल ,दोस्रोमा कांग्रेस: एकिकृत समाजवादीले थ्रेसहोल्ड कटाउन हम्मेहम्मे

वि.सं.२०७९ मंसिर १३ मंगलवार २१:००

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक...