समानुपातिकतर्फ एमालेको अग्रता कायमै, एकीकृत समाजवादी ७औं स्थानमा सिमित

वि.सं.२०७९ मंसिर ८ बिहीवार

काठमाडौं । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँग मतपरिणाम सार्वजनिक भइरहेका छन् ।
अहिलेसम्म कांग्रेसले २८, एमालेले १६, माओवादीले ८, एकीकृत समाजवादीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ र राप्रपा २ ठाउँमा जित्न सफल भएको छ ।
आम निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ सबैभन्दा बढी मत एमालेले पाएको छ ।
एमालेले ५ लाख ३४ हजार मत पाउँदा पछिपछि रहेको कांग्रेसले ५ लाख २ हजार ३२२ मत पाएको हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७५ मत तेस्रो र माओवादी केन्द्रले २ लाख ४६ हजारसहित चौथो तथा पाचौँ स्थानमा रहेको राप्रपाले १ लाख ४६ हजार मत पाएको छ ।
जसपा ५८ हजार ९५६ मत ल्याएको छ । एकीकृत समाजवादी ३५ हजारमा सिमित बनेको छ ।राष्ट्रिय नागरिक पार्टीले जम्मा २७२ मत पाएको हो ।

प्रकाशित समय : १३:२९ बजे